चीनबाट आइपुग्यो भेरोसेल खोपको १० लाख डोज

काठमाडौं । चीनबाट कोभिडविरुद्धको खोप भेरोसेल १० लाख २० हजार डोज नेपाल आइपुगेको छ।

खोप आज बिहान ९ बजेर ४५ मिनेट त्रिभुवन विमानस्थलमा अवतरण गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता डाक्टर कृष्णप्रसाद पौडेलका यो खोप कोभ्याक्स कष्ट सेयरिङ अन्तरगत नेपाल सरकारले खरीद गरेको हो।

नेपालले कोभ्याक्स कष्ट सेयरिङ अन्तरगत चीनबाट ५९ लाख खोप खरीद गर्ने सम्झौता गरेको छ। सोही सम्झौताको पहिलो खेप आज आएको पौडेलले बताउनुभयो ।

खोप टेकुस्थित खोप भण्डारण केन्द्रमा राखिएको छ। आवश्यकता अनुसार वितरण गर्ने योजना रहेको विभागका आपूर्ति व्यवस्था शाखाका प्रमुख उपेन्द्र ढुंगानाले बताउनुभयो ।

Back to top button