कट्रिना–विक्की अर्को महिना विवाह गर्दै

काठमाडौं । बलिउड अभिनेता विक्की कौशल र अभिनेत्री कटरीना कैफको विवाहको खबरले केही समय यतादेखि बलिउडका मिडिया तातेको छ । उहाँहरुले अगष्ट १८ मा इन्गेजमेन्ट गर्ने खबर पनि आएको थियो ।

अहिले भने यो जोडी बजारमा आएका हल्लालाई वास्तविकतामा परिणत गर्ने सोचमा छन् । उहाँहरु चाँडै विवाह बन्धनका बाँधिने सुरसारमा रहनु भएको छ। यद्यपि उहाँहरुले मिडियामाझ यो कुरा बताउनु भएको छैन ।

स्रोतका अनुसार विक्की र कटरीनाले विवाहको तयारी सुरु गरिसकेको हो । कटरीनाले एक रो सिल्क नम्बरको लेहंगा अर्डर दिइसक्नु भएको छ । उहाँहरुले नोभेम्बर र डिसेम्बर बीचमा विवाह गर्ने योजना बनाइरहेको स्रोतले जनाएको छ ।

Back to top button