सुरविना कार्की ‘काँडेतार’ मा अनुबन्धित

काठमाडौं । फिल्म ‘झेली’ बाट अभिनेत्रीको रुपमा डेब्यु गर्नुभएको सुरविना कार्की पहिलो फिल्मबाटै बोल्ड अभिनेत्रीको छवि बनाउन सफल उहाँले त्यसपछि करिब आधा दर्जन फिल्ममा अभिनय गर्नुभएको छ । तर कुनै पनि फिल्मले उहाँको करियर माथि उठाउन सकेन।

नेपाली फिल्ममा आफुले सोचेजस्तो सफलता हात पार्न नसकेपछि बलिउड छिर्ने भन्दै भारत समेत केही वर्ष बस्नुभएको उहाँ तर बलिउड छिर्ने सपना पनि उहाँको पूरा हुन सकेन ।

कोरोना महामारीको समय फेरि नेपाल फर्किनु भएको उहाँले लकडाउनको समय ‘के माया लाग्छ र ’ बोलको गीतमा अभिनय गर्नुभयो । उक्त गीतबाट फेरि एकपटक चर्चामा रहन सफल कार्की अहिले भने निर्माणधिन फिल्म ‘काँडेतार’ मा अनुबन्धित हुनुभएको छ ।

अभिनेता तथा निर्देशक नवल खड्काले फिल्मका लागि उहाँलाई अनुबन्धित गर्नुभएको हो । फिल्मको मुख्य भूमिका लागि यस अगाडि अभिनेता गौरव पहारी, रेविका गुरुङ, रविन्द्र रञ्जन झा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश अनुराग, प्रेम कार्की महेश गिरी लगायत छानिएका छन् ।

निर्देशक खड्काको समेत मुख्य अभिनय रहने फिल्म खड्काले शंकर कार्कीसँग मिलेर बनाउन लागेका भएको हो । तिहारपछि छायांँकनमा निस्कने फिल्मले नेपाल र भारतको सिमानामा काँडेतार लगाउनुपर्छ भन्ने विषय कथाको रुपमा उठाएको छ ।

Back to top button