बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य द्धारा राजीनामा

काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिनुभएको छ । उहाँले बागमती प्रदेश सभाको बैठकलाई सम्बोधन गरेर मुख्यमन्त्रीबाट राजीनामा दिने घोषणा गर्नु भएको थियो।

भदौ २ गते एमाले विभाजनको संघारमा रहेको बेला मुख्यमन्त्री बन्न पुगेकी शाक्य शुरूदेखि नै बागमती प्रदेश सभामा अल्पमतमा पर्नु भएको थियो ।

७२ दिन बागमती प्रदेशको मुख्यमन्त्री भएर शाक्यले गर्नु भएको हो । । शाक्य नेपालमा पहिलो महिला मुख्यमन्त्री बन्नु भएको थियो ।

Back to top button