न्यायाधीशहरु फुल कोर्ट बैठकमा उपस्थित

काठमाडौं । अघोषित रुपमा इजलास बहिष्कार गरेका सर्वोच्च अदालतका न्यायाधीशहरु प्रधानन्यायाधीशसहित फुल कोर्ट बैठकमा उपस्थित हुनुभएको छ ।

सामूहिक छलफल सकेपछि उहाँहरु फुल कोर्टको बैठकमा जानुभएको हो। सर्वोच्च अदालतका पूर्वन्यायाधीश शारदाप्रसाद पण्डितको आज बिहान निधन भएको छ। पूर्वन्यायाधीश पण्डितको निधनमा शोकप्रस्ताव पारित गर्नका लागि फुल कोर्टको बैठक बसेको हो।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग्दै न्यायाधीशहरुले इजलास बहिष्कार गर्नुभएको छ । उहाँहरुले समस्या समाधानका लागि बोलाएको फुल कोर्टको बैठक भने बहिस्कार गर्नुभएको थियो ।

Back to top button