आईसीसी टी–२० विश्वकप क्रिकेटमा लगातार पाकिस्तानको दोस्रो जित

काठमाडौं । पाकिस्तानले आईसीसी टी–२० विश्वकप क्रिकेटमा लगातार दोस्रो जित हात पारेको छ ।

युएईमा भइरहेको विश्वकप अन्तर्गत सुपर १२ को मंगलबार राति भएको खेलमा पाकिस्तानले न्युजिल्याण्डलाई ५ विकेटले पराजित गरेको हो ।यसअघि पहिलो खेलमा पाकिस्तानले भारतलाई १० विकेटले हराएको हो ।

लगातार दुई खेल जित्दै पाकिस्तान ग्रुप २ मा ४ अंकसहित शीर्ष स्थानमा रहेको छ । न्युजिल्याण्डले दिएको १३५ रनको लक्ष्य पाकिस्तानले १८।४ ओभर खेल्दै पाँच विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । पाकिस्तानको जितमा मोहमद रिजवानले ३३ रन जोडनु भयो ।

 यस्तै शोएब मलिक र आसिफ अलीले अविजित रहँदै समान २७ रन बनाउनु भएको हो । अलीले १२ बल खेल्दै २ चौका र ३ छक्का प्रहार गर्नुभएको हो । मलिक र अलीले छैटौं विकेटका लागि अविजित ४८ रनको साझेदारी गर्नुभएको हो ।न्युजिल्याण्डका इश सोधीले दुई विकेट लिनुभएको हो । मिचेल सान्टनर, टिम साउथी र ट्रेन्ट बोल्टले एकरएक विकेट लिनुभएको हो।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ८ विकेट गुमाएर १३४ रन बनाएको थियो ।न्युजिल्याण्डका लागि डेभोन कोन्वे र डार्यल मिचेलले समान २७ रन बनाए । यस्तै कप्तान केन विलियम्सनले २५ रन जोडनु भएको हो ।

पाकिस्तानका हरिस राउफले चार विकेट लिएसगै शाहीन साह अफ्रिदी, इमाद वासिम र मोहमद हाफिजले एकरएक विकेट लिनुभएको हो ।

Back to top button