२४ वर्षीया महिला द्धारा जन्मिए चम्ल्याहा

काठमाडौं । रुपन्देहीमा एकै पटक ४ शिशुहरूको जन्म भएको छ । युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवामा २४ वर्षीया सीता सार्कीले चम्ल्याहा शिशुको जन्म दिनुभएको हो ।

कात्तिक ६ गते अस्पताल भर्ना हुनुभएको पाल्पाको माथागढी गाउँपालिका–१ चिदीपानीमा उहाँले हिजो दिउसो ४ छोरीलाई जन्म दिएको अस्पतालका जनसम्पर्क अधिकृत सुशिल गुरुङले बताउनुभयो ।

उहाँका अनुसार हिजो दिउँसो २ बजे जन्मिएका शिशु र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. तारा केसीको नेतृत्वको टोलीले शल्यक्रिया मार्फत सुत्केरी गराएको हो ।

पहिलो शिशुको तौल ११ सय ग्राम, दोस्रोको ११ सय १५ ग्राम, तेस्रोको १ हजार ६० ग्राम र चौथोको ११ सय ३० ग्राम रहेको छ । हाल आमा सामान्य वार्डमा र शिशुहरूलाई एनआईसीयूमा राखिएको छ ।

Back to top button