अब्दुल्लाह आल्मुताइरीले थप दुई वर्ष नेपाली राष्ट्रिय टिमलाई प्रशिक्षण गर्न

काठमाडौं । फुटबल प्रशिक्षक अब्दुल्लाह आल्मुताइरीले थप दुई वर्ष नेपाली राष्ट्रिय टिमलाई प्रशिक्षण गर्नुहुने छ। एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाका अनुसार आल्मुताइरीलाई नेपालमै राख्नेगरी कतार फुटबल फेडेरेसन र अखिल नेपाल फुटबल संघबीच दुई वर्षे सम्झौता भएको हो ।

आल्मुताइरीको प्रशिक्षणमा नेपाली फुटबल टिमले ऐतिहासिक रुपमा साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा स्थान बनाएको थियो । तर, एन्फाभित्र राजनीति र नेपाली मिडियाले अनावश्यक आलोचना गरेको भन्दै अल्मुताइरीले साफको फाइनलपछि नेपाल नफर्कने घोषणा गर्नुभएको थियो ।

उहाँले भारतविरुद्धको फाइनल खेल नै नेपालका लागि अन्तिम खेल भएको बताउँदै त्यहीँबाट घर जानुभएको थियो । अल्मुताइरी नेपाली फुटबल समर्थकका माझमा निकै लोकप्रिय रहनु भएको छ।

Back to top button