बागमती प्रदेशमा भोलि  अपरान्ह ३ बजेभित्रमा मुख्यमन्त्री पदमा दावी पेश गर्न आह्वान

काठमाडौं । बागमती प्रदेशमा भोलि  अपरान्ह ३ बजेभित्र मुख्यमन्त्री पदमा दावी पेश गर्न आह्वान गरीएको छ ।

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज राजीनामा दिएपछि नयाँ सरकार गठन गर्ने बाटो खुलेको छ ।

बागमती प्रदेश सभामा बुधबारको बैठकलाई सम्बोधन गर्दै बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले मुख्यमन्त्री पदबाट राजीनामा दिएको घोषणा गरेर राजिनामा दिनु भएको थियो ।

प्रदेश प्रमुख कार्यालयले दुई वा दुईभन्दा बढी दलहरूबाट बिहीबार अपरान्ह ३ बजेभित्र मुख्यमन्त्री पदको दावी गर्न आह्वान गरेको छ ।

Back to top button