ट्रक र कार जुध्दा पैदलयात्रिको मृत्यु

विराटनगर । विराटनगरको कञ्चनबारीमा सवारी दुर्घटना हुदा एक जना बृद्धको ज्यान गएको छ । अन्य ३ जना घाइते भएका छन् ।

विराटनगरवाट इटहरी तर्फ गइरहेको प्रदेश २–०३–००१ ख १७७२ नम्बरको ट्रकले प्रदेश २–००१–०३–च २८५१ नम्बरको कारलाई ठक्कर दिएको थियो । ओभरटेक गर्दा कारलाई ट्रकले ठक्कर दिएको थियो । कारको ठक्कर बाट उछिट्टिएकोडिभाइटरले लागेर पैदलयात्री विराटनगर ६० वर्षीय रमेशकुमार पाण्डेको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी ६ जना घाइते भएका छन् । कारले पैदलयात्रीलाई ठक्कर दिएपछि इटहरीबाट विराटनगरतर्फ आउँदै गरेको बा. २ झ ३२६५ नम्बरको नेपाली सेनाको गाडी पनि क्षति भएको प्रहरीले जनाएको छ । घाइतेहरुको विराटनगरस्थित अस्पतालहरुमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
नेपाली सेनाले चलाएको स्कारपियो र ट्रकको चालक मोरङ प्रहरीको नियन्त्रणमा रहेका छन् । घट्नाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Back to top button