कांग्रेस महाधिवेशन मंसिर २७ देखि पुस १ गतेसम्म

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन मंसिर २७ गतेदेखि पुस १ गतेसम्म हुने कार्यातालिका बनानइएको छ । यसअघि निर्धारित मंसिर ९ देखि १३ गतेसम्मको कार्यातालिका सार्वजनिक गरेपनि त्यो मितिमा नहुने निश्चित भएपछि निर्वाचन समितिले पुनः नयाँ कार्यतालिका बनाएको हो ।

केन्द्रीय निर्वाचन समितिको बैठकले वडा अधिवेशन हुन बाँकी सबै जिल्लामा कात्तिक २७ गते वडा अधिवेशन गर्ने निर्णय गरेको छ । त्यस्तै कात्तिक ३० मा पालिका अधिवेशन, मंसिर ३ मा प्रदेशसभा क्षेत्र अधिवेशन, मंसिर ६ मा प्रतिनिधिसभा क्षेत्र अधिवेशन र मंसिर १० गते जिल्ला अधिवेशन गर्नेगरी कार्यतालिका बनाइएको छ । निर्वाचन समितिले प्रस्ताव गरेको नयाँ कार्यतालिमा प्रदेश अधिवेशन मंसिर १६ र १७ गते गर्ने उल्लेख छ ।

नेपाली काँग्रेस १४ औं महाधिवेशनको नयाँ कार्यतालिका :

  • कात्तिक २७ गते वडा र कात्तिक ३० गते पालिका अधिवेशन
  • मंसिर ३ गते : प्रदेश सभा अधिवेशन
  • मंसिर ६ गते : संघीय निर्वाचन क्षेत्र अधिवेशन
  • मंसिर १० गते :जिल्ला अधिवेशन
  • मंसिर १६ र १७ :सात वटै प्रदेशको अधिवेशन
  • मंसिर २७ देखि पौष १ गतेः केन्द्रीय महाधिवेशन

Back to top button