आज दिउसो २ बजे प्रतिनिधि सभाको बैठक बस्ने

काठमाडौं । आज प्रतिनिधि सभाको बैठक बस्ने भएको छ। दिउँसो २ बजे बैठक बस्ने संघीय संसद सचिवालयले जानकारी दिएको छ।

यसअघि कात्तिक ९ गतेका लागि बैठक राखिए पनि एमालेको पालिका अधिवेशन गर्ने भएपछि प्रतिनिधि सभा बैठक सारीएको थियो ।

आजको बैठकमा राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवाले पेश गर्ने सम्भावित कार्यसूची छ।

Back to top button