प्रधानन्यायाधिशकै एकल इजलासमा २८ मुद्दा

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज पनि आफ्नै एकल इजलासमा पेसी तोक्नुभएको छ । हिजो आफ्नो इजलासमा ५ वटा मुद्दा राखेर ५ वटै मुद्दामा आदेश गर्नुभएका प्रधानन्यायाधीश जबराले आज भने २८ वटा मुद्दाको एक्लै भारी बोक्नुभएको छ ।

सर्वोच्चका अन्य न्यायाधीशहरुले इजलास बहिष्कार गरेर पेसीको भद्र अवज्ञा गर्दा प्रधानन्यायाधीश जबरा भने एकल इजलासमा पेसी राखेर मुद्दाको सुनुवाई गरिरहनुभएको छ।

अन्य न्यायाधीशहरूले राजीनामा माग गरिरहँदा प्रधानन्यायाधीश जबराले राजीनामा नदिने, सके महाभियोग लगाएर हटाउन चुनौती दिनुभएको छ ।

सर्वोच्चमा प्रधानन्यायाधीश जबराविरुद्ध उत्रिएका न्यायाधीशहरूले भने समय कटाउनकै लागि भएपनि अहिले केहिबेर पछि बैठक राखेका छन् । न्यायाधीशहरूले गत आइतबारदेखि कुनैपनि मुद्दाको सुनुवाई गरेका छैनन् ।

Back to top button