मन्त्री झाक्रीलाई निमोनिया, वीर अस्पताल भर्ना

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाक्रीलाई निमोनियन भएकाले वीर अस्पताल भर्ना हुनुभएको छ ।

निमोनिया भएकै कारण मन्त्री झाक्री गएराति अस्पताल भर्ना हुनुभएको हो । झाक्रीको कोरोना संक्रमण नेगेटिभ आएको अस्पतालले जनाएको छ।

उहाँलाइ निमोनिया भएकोले अस्पतालमा भर्ना गरिएको अस्पताल स्रोतले जनाएको छ। उहाँको श्रीमानलाई भने कोरोना संक्रमण देखिएको छ।

Back to top button