प्रधानसेनापति शर्मा भारत जाँदै

काठमाडौं । प्रधानधानसेनापति प्रभुराम शर्मा चार दिने भारतको औपचारिक भ्रमणमा जानुहुने भएको छ । नेपाल र भारतबीच असमझदारी हुँदा सेनाको पहलमा सम्बन्ध सुदृढ गर्ने कार्य हुँदै आएको छ । यतिबेला लयमा नरहेको नेपाल भारतको सम्बन्ध प्रधानसेनापतिको भारत भ्रमणले लयमा फर्काउन मद्दत गर्ने विश्वास राजनीतिक र कूटनीतिक वृत्तमा छ ।

नेपाल र भारतबीच सैन्यसम्बन्ध आफैंमा सुमधुर र बलियो रहेकाले पनि सेनापतिमार्फत भारतसँग सकारात्मक सम्बन्धको पहलमा सरकार लागेको हो । प्रधानमन्त्री शेरबहादुर देउवा स्वयं भारत भ्रमणमा जाने तयारी हुँदै गर्दा सेनापतिबाट त्यसमा पहल हुने भएको हो । ‘प्रधानसेनापतिबाट हुने यो भ्रमणले दुई देशका सेनाबीचको सम्बन्ध अझ मजबुत हुने विश्वास गरिएको छ,’ नेपाली सेनाले जनाएको छ ।मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले प्रधानसेनापति शर्माको चार दिने भारत भ्रमण स्वीकृत गरेको हो । उहाँ कात्तिक २३ मा भारत जानेर २६ मा स्वदेश फर्कने कार्यतालिका रहेको छ ।

छन् । प्रधानसेनापतिको नेतृत्वमा सात सदस्यीय भ्रमण दल तय भएको छ ।

उहाँ छिमेकी भारतबाट नेशनल डीफेन्स कोर्स (एनडीसी) गरेका प्रधानसेनापति शर्मा भारतीय सेनाको मानार्थ प्रधानसेनापति हुनुहुन्छ । भारत भ्रमणका क्रममा प्रधानसेनापति शर्माले नेपाल र भारतबीच चलिआएको परम्पराअन्तर्गत भारतले प्रदान गर्ने मानार्थ प्रधानसेनापतिको सम्मान ग्रहण गर्ने र भारतीय राष्ट्रपति रामनाथ कोभिन्दाबाट दज्र्यान्ही चिन्ह लगाउने कार्यक्रम रहेको नेपालि शेनाले जनाएको छ ।

Back to top button