टी–२० विश्वकपमा अष्ट्रेलियाको दोस्रो जित

काठमाडौं । अष्ट्रेलियाले श्रीलंकालाई पराजित गर्दै आईसीसी टी–२० विश्वकपमा लगातार दोस्रो जित हात पारेको छ । सुपर १२ अन्तर्गत बिहीबार भएको ग्रुप ‘ए’को खेलमा अष्ट्रेलियाले श्रीलंकालाई ७ विकेटले पराजित गरेको हो ।

लगातार दोस्रो जितपछि अष्ट्रेलिया २ खेलबाट ४ अंक जोड्दै दोस्रो स्थानमा छ । दुई खेल नै जितेको इंग्ल्याण्ड समान अंक भएपनि रनरेटका आधारमा अघि छ ।

सुपर १२ मा पहिलो खेलमा बंगलादेशलाई हराएको श्रीलंकाको यो पहिलो हार हो ।डेभिड वार्नरको अर्धशतक मद्दतमा अष्ट्रेलियाले १५५ रनको लक्ष्य १७ ओभर खेल्दै ३ विकेट गुमाएर पूरा गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ६ विकेट गुमाएर १५४ रन बनाएको थियो ।

Back to top button