नोबेल अस्पतालमा बाल शल्यक्रिया सेवा शुरु

विराटनगर । विराटनगर–४ स्थित नोबेल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा बाल शल्यक्रिया सेवा शुरु भएको छ । नेपालकै पहिलो एमसिएच बाल शल्य चिकित्सक  डा. आशिसलाल श्रेष्ठ नोबेलसँग अनुबन्धित भएपछि यो सेवा शुरु भएको हो ।

नवजात शिशु देखि १६ वर्षसम्मका बालबालिका जटिल भन्दा जटिल शल्यक्रिया समेत अव नोबेल अस्पतालमा हुने प्रवक्ता नारायण दाहालले जानकारी दिनुभयो ।

क्रिस्चियन मेडिकल कलेज भेल्लोरबाट अध्ययन गरेर आउनुभएका डा. श्रेष्ठ काठमाडौं मेडिकल कलेजमा कार्यरत हुनुहुुन्छ । प्रदेश १ का बालबालिकाको शल्यक्रियाका लागि अन्यत्र जानुपर्ने बाध्यतालाई अन्त्य गर्न डा. श्रेष्ठलाई अनुबन्धित गराउँदै नोबेलले पनि यो सेवा शुरु गरेको हो ।

ल्याप्रोस्कोपिक (दुरविन) विधिबाट विराटनगरमै जटिल भन्दा जटिल बाल शल्यक्रिया सेवा शुरु हुनु यस क्षेत्रका जनताको लागि सृुखद भएको अस्पतालका बालरोग विशेषज्ञ डा अरुण गिरीले बताउनुभयो ।

यसैबिच बाल शल्यक्रिया शुरु भएपछि नेपाल पिडियाट्रिक सोसाईटी १ नं. प्रदेश च्याप्टरको आयोजनामा हिजो नियमित मेडिकल शिक्षा ( सिएमई अर्थात कन्टिनियस मेडिकल एजुकेशन ) कार्यक्रम गरिएको छ ।

विराटनगरमा कार्यरत बालरोग विशेषज्ञहरुको सहभागिता रहेको उक्त कार्यक्रममा डा. आशिसलाल श्रेष्ठले बाल शल्यक्रिया सेवा र त्यससम्बन्धि जानकारी दिनुभएको थियो ।

Back to top button