आईसीसी टी–२० विश्वकप क्रिकेटमा आज दुई खेल हुँदैछ

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा आज दुई खेल हुँदैछ । आज शारजाहमा हुने पहिलो खेलमा वेस्ट इन्डिज र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।

यस्तै दोस्रो खेलमा पाकिस्तान र अफगानिस्तानबीच प्रतिस्पर्धा हुनेछ । पाकिस्तान र अफगानिस्तानबीचको खेल राति ७ः४५ बजे सुरु हुनेछ । पाकिस्तानले अघिल्ला दुई खेलमा जित निकालेको थियो ।

पाकिस्तान दुई खेलमा ४ अंक जोडेर समूह २ को शीर्ष स्थानमा रहेको छ । । अफगानिस्तान एक खेलमा २ अंक जोडेर दोस्रो स्थानमा रहेको छ

सुपर(१२ को समूह १ मा इंग्ल्यान्ड दुई खेलमा दुई जितका साथ ४ अंक जोड्दै शीर्षस्थानमा रहेको छ । अष्ट्रेलियाको दुई खेलमा समान ४ अंक भए पनि नेट रनरेटका आधारमा दोस्रो स्थानमा रहेको छ ।

समूह बी मा पाकिस्तान दुई खेलमा दुई जितका साथ शीर्षस्थानमा रहेको छ । अफगानिस्तान एक खेलमा एक जितका साथ दोस्रो स्थानमा रहेको छ । नामिबिया एक खेलमा २ अंकका साथ तेस्रो स्थानमा रहेको छ । अंकविहीन न्युजिल्यान्ड चौथो, भारत पाँचौं र स्कटल्यान्ड पुछारमा रहेको छ ।

 

Back to top button