साउथ फिल्मका अभिनेता पुनित कुमारको हृदयाघातका कारण निधन

काठमाडौं । साउथ फिल्मका अभिनेता पुनित कुमारको जिममा वर्कआउट गरिरहेका बेला हृदयाघात हुँदा निधन भएको छ । हृदयघातलगत्तै ४६ वर्षका उहाँलाई बेंगलुरुको विक्रम अस्पतालमा भर्ना गरिएको थियो । उहाँको निधनपश्चात् राज्यका सबै थिएटर बन्द गरिएको छ ।

पुनितले आफ्नो करियरको सुरुवात बाल कलाकारको रुपमा गर्नुभएको थियो । सन् १९८५ मा उहाँ फिल्म ‘बेट्टाडा होवू’ मा देखिनु भएको थियो । उक्त भूमिकाका लागि उहाँले थुप्रै अवार्ड पनि प्राप्त गर्नुभएको थियो । उहाँलाई अन्तिम पटक फिल्म ‘सुवारत्थना’ मा देृखिएको थियो ।

Back to top button