देशभर १० हजार १५१ कोभिड सक्रिय संक्रमित, थप ६ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर थप ५ सय ४९ जना कोरोना भाइरस संक्रमित भेटिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ९ हजार ७ सय ४६ जनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा ५ सय ४९ जना संक्रमित भेटिएका हुन्।

यस्तै यही समयमा थप ६ जना संक्रमितको मृत्यु भएको छ। यसैगरी आज ५ सय ६९ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरण अनुसार हाल देशभर १० हजार १ सय ५१ जना सक्रिय संक्रमित रहेका छन्।

 

 

 

Back to top button