एमाले महाधिवेशनमा प्रतिनिधिको सख्या बढाइयो,१९९९ प्रतिनिधि

काठमाडौं । नेकपा एमालेले दशौं महाधिवेशनका प्रतिनिधिको संख्या टुंग्याएको छ।

शुक्रबार बसेको एमालेमा केन्द्रीय कमिटी बैठकले १ हजार ९ सय ९९ जना महाधिवेशन प्रतिनिधि बनाउने निर्णय गरेको छ ।

एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले कात्तिक २७ गते महाधिवेशन प्रतिनिधि छानिने बताउनु भयो ।यसअघि एमाले स्थायी कमिटीले महाधिवेशन प्रतिनिधिको संख्या १५३६ राख्ने प्रस्ताव गरेको थियो ।

शुक्रबार केन्द्रीय कमिटीमा केही नेताहरूले महाधिवेशन प्रतिनिधिको संख्या बढाउनु पर्ने माग गरेपछि सख्या बढाउने निर्णय गरीएको थियो ।
एमाले केन्द्रीय कमिटीको अर्को बैठक मंसिर ९ गते चितवनको सौराहामा बस्ने प्रवक्ता ज्ञवालीको भनाइ रहेको छ ।

एमालेको दशौं महाधिवेशन मंसिर १० देखि १२ सम्म चितवनमा हुँदैछ।

आजको बैठकमा एमाले अध्यक्ष ओलीले चुनाव हुनु लोकतान्त्रिक प्रणाली भए पनि महाधिवेशन प्रतिनिधि सहमतिमा छाने उत्तम हुने बताउनु भएको प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो ।

Back to top button