मकालु बेश क्याम्पमा मृत्यु भएका डेनमार्क नागरिकको १० दित बित्दा पनि उठने शब

संखुवासभा । गत कात्तिक २ गते मकालु हिमाल आरोहणका क्रममा मृत्यु भएका डेनमार्कका नागरिक थोर्वजन एडर्शनको शव उठन सकेको छैन।

विश्वको पाँचौ अग्लो मकालु हिमाल आरोहणका क्रममा मकालु गाउँपालिका–२ मकालु वेश क्याम्पमा मृत्यु भएका डेनमार्क नागरिकको शव १० दिन वित्दासमेत उठ्न नसकेको हो।

डेनमार्क नागरिक थोर्वजन एडर्शनको शव शेर्पा निकोलमै रहेको टोलीका सदस्य तथा नेपाली गाइड निरज कार्कीले जानकारी दिए। थोर्वजनको शव ६ हजार दुई सय मिटरको उचाईको शेर्पानिकोलमा हिउँले पुरिएकाले निकाल्न समस्या भएको कार्कीले जानकारी दिनु भयो ।

शव हेलिकप्टरमार्फत निकाल्न दुई पटक प्रयास गरे पनि हिउँका कारण नसकिएको कार्कीको भनाइ छ।

Back to top button