राष्ट्रपतिद्धारा मुक्तिनाथमा पूजाअर्चना

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहान मुक्तिनाथ मन्दिरमा पूजाअर्चना गर्नुभएको छ । राष्ट्रपतिले मुक्तिनाथ मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदी र आनी कार्पोबाट टीका ग्रहण समेत गर्नुभएको छ ।

राष्ट्रपति मुक्तिनाथको दर्शन भ्रमणका लागि आज काठमाडौँबाट नेपाली सेनाको हेलिकप्टरमा मुक्तिनाथ पुग्नुभएको हो । नेपालमा लामो समयदेखि कारोना भाइरसको महामारीबाट धार्मिक पर्यटनसम्बन्धी गतिविधि एवं तीर्थयात्रा हुन सकेको छैन।

यस अवस्थामा नेपालको पर्यटन एवं तीर्थयात्रा सुरिक्षत छ भन्ने सन्देश दिन र नेपालका सुप्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्यको प्रचार होस् भन्ने उद्देश्यले राष्ट्रपति भण्डारी मुस्ताङको मुक्तिनाथ मन्दिर पुग्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

मुक्तिनाथ हिन्दू र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल हो। राष्ट्रपति भण्डारी आजै बागलुङको ढोरपाटन शिकार आरक्षको अवलोकन भ्रमणमा समेत जाने कार्यक्रम छ।

Back to top button