प्रदेश खेलकुद विकास बोर्डको लोगो पारित, १४ वटै जिल्लामा कर्मचारी खटाइने

विराटनगर । खेलकुद विकास बोर्डले आफ्नै कार्यालय स्थापना गर्ने भएको छ । हिजो बसेको तेस्रो बैठकले आ–आफ्नै कार्यालय स्थापना गर्दै १४ वटै जिल्लामा कर्मचारी खटाउने निर्णय गरेको हो ।

यस्तै बोर्डमा अपाङ्गताको प्रतिनिधित्व गर्दैै झापाका घनश्याम दाहाल मनोनित हुनुभएको छ । सामाजिक विकासमन्त्री तथा बोर्डका अध्यक्ष बलबहादुर साम्सोहाङको अध्यक्षतामा हिजो सम्पन्न बैठकले बोर्डको ‘लोगो’ समेत पास गरेको छ ।

यस्तै निजी क्षेत्र सँग प्रदेश खेलकुद विकास सम्बन्धि अन्तरक्रिया र खेलकुद क्षेत्रका अगुवाहरुसँग चाडपर्वको सन्दर्भमा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने समेत निर्णय भएको सदस्य सचिव पर्शुराम बस्नेतले जानकारी दिनुभयो ।

Back to top button