शाहरुख खानका छोरा आर्यन लागुऔषध मुद्दामा २८ दिन हिरासतमा बसेर घर फर्के

मुम्बइ । हिन्दी चलचित्रका सुपरस्टार अभिनेता शाहरुख खानका छोरा आर्यन खान लागुऔषध मुद्दामा २८ दिन लामो हिरासत बसाइपछि आफ्नो घर मन्नत फर्किनुभएको छ । मुम्बइ उच्च अदालतले आर्यनलाई देश छोड्न नपाउनेलगायत १४ वटा सर्त राखेर धरौटीमा रिहा गर्न आदेश दिएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

आर्यनलाई नार्कोटिक्स कन्ट्रोल ब्यूरोले अक्टोबरमा २ मा पानीजहाजमा आयोजना गरिएको ड्रग्स पार्टीमा सहभागी भएको अवस्थामा पक्राउ गरेको थियो । उहाँसँगै अन्य चलचित्रकर्मीहरुका २० जना छोराछोरीलाई समेत सुरक्षाकर्मीले पक्राउ गरेका भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ ।

भारतीय सञ्चारकर्मीको बाक्लो उपस्थितीमा जेलबाट बाहिरिएका छोरा आर्यनलाई लिन अभिनेता शाहरुख खान जेलमै पुगेका थिए । शाहरुख खानका घर मन्नत अगाडि आर्यन फर्केकोमा उल्लासको वातावरण थियो । समर्थकहरुले अनेकौं नारा लेखिएका ब्यानरसहित आर्यनलाई मन्नतमा स्वागत गरेका थिए ।

Back to top button