सभामुख संसदीय राजनितिको कलंक : ओली

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले सभामुख अग्नि सापकोटाले पदीय गरिमा बिर्सिएर पार्टीका पक्षमा काम गरेको आरोप लगाउनुभएको छ ।

सिन्धुपाल्चोक–काठमाडौँ सम्पर्क मञ्च, एमालेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सापकोटाजस्तो संसदीय राजनीतिको कलङ्क मान्छे, फेरि सिन्धुपाल्चोकबाट निर्वाचित भएर संसद्मा पाइलो टेक्न पाउनुहुन्छ भन्दै प्रश्न गर्नुभयो ।

सापकोटाले संसद्को सभामुखको गरिमा राख्न नसकेको भन्दै उहाँले पदीय कर्तव्य पालना नगर्ने र देशलाई नै बर्बाद गर्ने व्यक्तिलाई जनताले कसरी भोट दिन्छन् भन्नुभयो ।

अध्यक्ष ओलीले प्रचण्डको नीति नै धक्का, छलाङ र महाविपत्ति रहेको भन्दै एमालेमा ल्याएर सुधार्न सकिन्छ कि भन्दा आफू असफल भएको बताउनुभयोे ।

प्रचण्डले एमालेलाई धक्का दिएर माओवादी केन्द्रमा फर्किए पनि अब चुनावमा महाविपत्ति देखिने उहाँले बताउनुभयो ।

Back to top button