हाम्रो जनलहर देखेर एमालेलाई १०४ डिग्री ज्वरो आयो : माधव नेपाल   

 विराटनगर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीका पछाडि बयलगाडावाला मान्छे मात्रै लाग्ने बताएका बताउनु भएको छ ।
नेकपा एकीकृत समाजवादी मोरङले विराटनगरमा गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले क्रान्तिकारी सोच भएका र अग्रगामीहरू ओलीको पछाडि नलाग्ने बताउनु भयो ।
ओलीले नेपालमा गणतन्त्र ल्याउनु भनेको बयल गाडामा चढेर अमेरिका पुग्नु जस्तै हो भनेको स्मरण गर्दै उहाँले एमालेमा सूर्य ग्रहण लागिसकेको समेत बताउनु भयो । आफ्नो भाषणको सम्पूर्ण समय सुगठन विस्तार ओलिका विरुद्ध मात्रै खर्चनु भएका नेपालले  पार्टीमा बढेको जनलहर देखेर एमाले कार्यकर्तालाई १०४ डिग्री ज्वरो आएको भन्न समेत भ्याउनु भयो ।
एमालेभित्र ९ हेक्टर भुईँचालो आएपछि कम्युनिस्ट आन्दोलन बचाउनका लागि अलग बाटो रोज्नु परेको उहाँको भनाइरहेको छ ।  आउने चुनावमा एमाले भन्ने पार्टीलाई टर्च बालेर खोज्नु पर्ने उहाँको भनाइ रहेको छ ।
सत्ताको घोडामा चढेको बादशाहलाई सडकमा पछारेको भन्दै उहाँले अब एक नम्बर प्रदेशको सरकारलाई पनि यही हप्ताभित्र सडकमा ल्याउने ठोकुवा गर्नु भयो । अध्यक्ष नेपालले १ नम्बर प्रदेशको नेतृत्व राजेन्द्र राईले गर्ने समेत दाबी गर्नु भयो ।

Back to top button