विप्लवका कार्यकर्ताहरूको रिहाइका लागि गृहकार्य भइरहेको छ :खाण

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री बालकृष्ण खाणले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता, कार्यकर्ताहरूको रिहाइका लागि सरकारले गृहकार्य गरिरहेको बताउनु भएको छ ।

गृहमन्त्रीसमेत रहेनु भएका उहाँले मुद्दा लागेका सो पार्टीका नेता, कार्यकर्ताहरूको मुद्दा फिर्ता लिने प्रक्रिया पनि कानूनी रुपमै टुंंग्याउने गरी सरकारले महान्यायाधिवक्ताको कार्यालय, कानून मन्त्रालय र गृह मन्त्रालयमा छलफल गरिरहेको स्पष्ट पार्नु भयो ।

खाणले सो पार्टीका एउटै बन्दीलाई ६–७ वटासम्म मुद्दा लागेको पाइएको उल्लेख गर्दै उहाँहरूलाई कसरी मुक्त गर्ने भन्ने विषयमा नेताहरूसँग छलफल भइरहेको जानकारी दिनु भयो ।

Back to top button