प्रदेश १ का एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको समेत जनाएको छ । देशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा आज मौसम सामान्यतया सफा रहने जनाएको छ ।

 पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेकोले  सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

Back to top button