साढे दुई अर्ब लागतमा बनेको बुद्ध मूर्ति अनावरण गर्न राष्ट्रपति रुपन्देही जाँदै

रूपन्देही । आज राष्ट्रपति बिद्यादेवी भण्डारी भैरहवास्थित गौतम बुद्ध अन्तराष्ट्रिय बिमानस्थलमा राखिएको जेड धातुको बुद्धमूर्ति अनावरण गर्न जादैहुनुहुन्छ ।

आइतबार साढे १२ बजेदेखि बिमानस्थलमा मूर्ति अनावरण गरिने कार्यक्रम रहेको जनाइएको छ । म्यानमारका भिक्षु कालीगढद्वारा झण्डै ६ महिना लगाएर तयार गरिएको उक्त मूर्ति १ मिटर लम्बाई र ६० सेन्टिमिटर चौडाई तथा १ हजार ८ सय किलोको रहेको जनाइएको छ ।

साढे दुई अर्ब लागत लागेको यो मूर्ति केही दिनअघि भैरहवा विमानस्थल ल्याइएको हो ।

Back to top button