विदेशी नागरिकता लिने नेपालीलाई नेपालमा मताधिकार संविधानविपरित : प्रधानमन्त्री देउवा

लण्डन। प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी नागरिकता लिइसकेका नेपालीहरुलाई नेपालमा मताधिकार दिनु संवैधानिक व्यवस्थाविपरितको कार्य हुने बताउनुभएको छ ।

जलवायु परिवर्तन सम्बन्धी विश्व सम्मेलनमा लण्डनमा रहेका प्रधानमन्त्री देउवाका लागि गैरआवासीय नेपाली संघ यूकेले लण्डनमा आयोजना गरेको स्वागत कार्यक्रममा विदेशी नागरिकता लिने नेपालीलाई नेपालमा मताधिकार दिन संवविधान नै परिवर्तन गर्नुपर्ने स्पष्ट पार्नु भएको हो ।

उहाँले प्रवासी नेपालीहरुलाई नेपालमा लगानी भित्र्याउन आह्वान गर्नुभयो । ‘नेपालमा वैदेशिक लगानी भित्र्याउँदा आवश्यक सुबिधा दिन तयार छौं,’ प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘र्यटकहरुलाई विमानस्थलमै भिसा दिने सुविधा दिन थालिएकोले बढीभन्दा बढी पर्यटकलाई नेपाल पठाउन पनि सघाउन लण्डनस्थित नेपालीहरुलाई आग्रह छ ।’

विदेशमा बस्ने नेपालीहरुका लागि नेपालस्थित बैंकहरुमा नै उच्च ब्याजदरमा पैसा राख्न र लग्ने पर्याप्त सुविधिा रहेकोले लण्डनलगायतका देशमा रहेका सबै नेपालीलाई नेपाली बैंकमा नै आ–आफ्ना बचत राख्न उहाँले आग्रह गर्नुभयो ।

प्रधानमन्त्री देउवाले भूतपूर्व गोर्खा सैनिक समस्या समाधान गर्न सरकारले सक्दो पहल गर्ने बताउनुभयो ।

Back to top button