फुटबलका मुख्य प्रशिक्षक अबदुल्लाह नेपाल फर्किए

काठमाडौं । साफ च्याम्पियनसिपपछि माल्दिभ्सबाट सिधै कतार पुग्नु भएको राष्ट्रिय पुरुष फुटबल टिमका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरी अखिल नेपाल फुटबल संघ (एन्फा)सँग तीन वर्ष सम्झौता गर्ने सहमतिपछि नेपाल आइपुग्नु भएको छ ।

अल्मुताइरीको प्रशिक्षणले फुटबल खेलमा सुधार आउँदै गरेको बेला साफ च्याम्पियनसिपपछि नेपााल नफर्किने घोषणा गर्नुभएको थियो । उहाँकै प्रशिक्षणमा नेपाल साफ च्याम्पियनसिपमा फाइनमा पुगेको थियो । फाइन खेलमा नेपाल भारतसँग पराजित भएको हो ।

अलमुताइरीले नेपाल फर्कँदा खुशी लागेको प्रतिक्रिया दिएका छन् ।अल्मुताइरीको प्रशिक्षणले नेपालमा फुटबल मन पराउनेहरुमा उत्साह जागेको छ । उहाँलेले सन् २०२७ मा नेपाल एसिया कपमा पुग्ने पनि उद्घोष गर्नुभयो ।

Back to top button