राष्ट्र बैंकले शुक्रबार गरेको निर्णय शनिबार सच्याएपछि…

मरीच, केराउ र सुपारी आयात पूर्ण रुपमा बन्द

काठमाडौं । नेपाल राष्ट्र बैंकले मरीच, केराउ र सुपारी आयातका लागि कोटा तोकेर खुल्ला गरेको थियो । तर राष्ट्र बैंकको निर्णयप्रति अर्थ मन्त्रालयले असन्तुष्टि जनाएपछि विदाको दिन शनिबार उक्त निर्णय सच्याउँदै मरीच, केराउ र सुपारी आयात पूर्ण रुपमा बन्द भएको छ ।

राष्ट्र बैंकले आयात धेरै बढेकाले विदेशी मुद्रा सञ्चितिमा चाप परेकोले मरीच, केराउ र सुपारी आयातका लागि विदेशी मुद्रा सटही गर्न असोज १७ गते रोक लगाउने निर्णय गर्दै निर्देशन जारी गरेको थियो ।

ब्यापारीहरुको दवावमा राष्ट्र बैंकले शुक्रबार नयाँ सर्कुलर जारी गर्दै १० हजार मेट्रिक टन मरीच, ८० हजार मेट्रिक टन केराउ, २५ हजार मेट्रिक टन सुपारी मात्र आयात हुन दिने गरी सर्कुलर जारी गरेको थियो ।

Back to top button