न्यायालयमा देखिएको समस्या सामन्तवादको जडः मन्त्री श्रेष्ठ

विराटनगर । भूमी व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री शशी श्रेष्ठले न्यायालयमा पछिल्लो समय देखिएको सस्मस्या सामन्तबादको जड रहेको बताउनुभएको छ । विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले मुलुकमा राजनीतिक परिवर्तनसँगै सामन्तवादको जड गाडिएका राज्यका अंगहरुको पुनःसंचना हुन नसकेकै कारण न्यायालयमा समस्या देखिएको बताउनुभएको हो ।

मन्त्री श्रेष्ठले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनासँगै न्यायालय, प्रशासन, सेना, प्रहरीलगायतका राज्यका अंगहरुमा पुनःसंरचना नगरेको परिणाम अहिले न्यायालयमा देखिरहेको बताउनुभएको हो । सबै क्षेत्रमा अझै केन्द्रिकृत मानसिकता कायमै रहेको उहाँको भनाई छ ।

‘नेपाली मौलिकता झल्किने राज्य पुनःसंचना भयो तर सामन्तवादका अवयवहरु हट्न सकेनन्’ उहाँले भन्नुभयो, ‘त्यसले अझै जड गाडीरहेकोले अपेक्षा अनुशार परिर्वतन हुन सकिरहेको छैन ।’ सरकार र राजनीतिक दलहरु मिलेर यो समस्याको समाधान गर्ने मन्त्री श्रेष्ठले विश्वास व्यक्त गर्नुभयो ।

दलित, सुकुम्बासी, भूमिहिन, अव्यवस्थित बसोबासीहरुको विषयमा संविधान, ऐनमा भएको व्यवस्था अनुसारको दायित्व पूरा गरेरै छाड्ने मन्त्री श्रेष्ठले बताउनुभयो । यो विषयमा कार्य योजना बनाएर अघि बढारहेको भन्दै चाँडै परिणाम आउने बताउनुभयो ।

‘यसअघिका आयोगहरु गठन आदेशको आधारमा बनेको तर अहिलेको भूमि आयोग ऐन अनुसार निर्माण भएकोले स्थायित्व हुने उहाँले बताउनुभयो । झापास्थित गिरिबन्धु टी स्टेटको जग्गा सट्टापट्टा भएको विषय लागु हुन नदिने मन्त्री श्रेष्ठले बताउनुभयो ।

Back to top button