राष्ट्रिय वाणिज्य बैंकले माग्यो आठ सय कर्मचारी

काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले आठ सय जना कर्मचमरी मागेको छ । लोक सेवा आयोगले विभिन्न १२ पदमा ८०० बढी जनाका लागि आवेदन खुला गरेको हो ।

९ औं तहको वरिष्ठ प्रबन्धकदेखि तह ५ को वरिष्ठ सहायक (सूचना प्रविधिसम्म)का लागि आवेदन खुला गरिएको छ । जसमध्ये २ जना वरिष्ठ प्रबन्धक, ६ जना प्रबन्धक र १८ जना उपप्रबन्धक (प्रशासन), एक जना उपप्रबन्धक (लेखा) माग गरिएको छ ।

यस्तै ८४२ जनाका लागि आवेदन माग गरिएकोमा सबैभन्दा धेरै छैटौं तहको प्रशासनतर्फको सहायक प्रबन्धक पदमा २०० जना र त्यसपछि पाँचौं तहको प्रशासन तर्फकै वरिष्ठ सहायक पदमा १७८ जना माग गरिएको छ ।

आवेदन अनलाइनमार्फत भोलीदेखि भर्न सकिनेछ । फारामको म्याद मंसिर पाँच गतेसम्म तोकिएको छ ।

Back to top button