बारको कालोपट्टीलाई काउन्टर दिदै वकिलहरूको सेतोपट्टी

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराको राजीनामा माग्दै नेपाल बार एशोसियसनले हातमा कालोपट्टी बाँधेर शुरु गरेको आन्दोलनलाई काउन्टर दिँदै कानून व्यवसायीहरूले नै काउन्टर दिएका छन् ।

नेपाल बार परिसरमै कानून व्यवसायीको अर्को एउटा समूहले हातमा सेतो पट्टी बाँधेर बार नेतृत्व र इजलास बहिष्कार गर्ने न्यायाधीशहरूविरुद्ध प्रदर्शन गरेको छ ।

अधिवक्ता स्वागत नेपाल, भूमिनन्द सापकोटालगायत वकिलहरूको नेतृत्वमा कालो पट्टीविरुद्ध सेतोपट्टी आन्दोलन भएको हो । उहाँहज्ञरूले मुद्दा नहेर्ने न्यायाधीश र इजलासमा नजाने वकिलले जनताको अधिकार खोसेको आरोप लगाउनुभएको छ ।

Back to top button