बार्सिलोना र डिपोर्टिभो अलाभेसको बराबरी खेल

काठमाडौँ । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना र डिपोर्टिभो अलाभेसले बराबरी खेलेका छन् ।

गएराति भएको खेलमा बार्सिलोना डिपोर्टिभो अलाभेससँग १–१ गोलको बराबरीमा खेलेको हो ।

बार्सिलोनाका लागि मेम्फिस डिपेले गोल गर्दा लुइस रिओजाले अलाभेसका लागि गोल गर्नुभएको हो ।

बराबरीसँगै बार्सिलोनाले ११ खेलमा १६ अंकसहित नवौं स्थानमा रहेको छ । अलाभेस १० अंकसहित १६औँ स्थानमा रहेको छ ।

Back to top button