फागुन १८ गते स्ववियु गर्ने कार्यपालिका ल्याउन अनेरास्ववियुको माग

काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले फागुन १८ गते स्वतन्त्र विद्यार्थी युनियनको चुनाव गर्ने गरी कार्यतालिका ल्याउन माग गरेको छ ।

आज त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा .धर्मकान्त बाँस्कोटालाई भेट गरी स्ववियु निर्वाचनको कार्यतालिका तत्काल सार्वजनिक गर्न अध्यक्ष सुनीता बराल सहितको टालीले माग गरेको हो ।

विश्वविद्यालयमा शिक्षा सुधारका विभिन्न माग राख्दै अनेरास्ववियुले चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्क भन्दा त्रिविको चिकित्सा शास्त्र अध्ययन संस्थानले चिकित्सा शिक्षाको बढी शुल्क निर्धारण गरेको भन्दै फिर्ता लिन समेत माग गरेको छ ।

त्यस्तै त्रिभुवन विश्वविद्यालयले अध्यापन गराउने सबै प्राविधिक शिक्षा सातवटै प्रदेशमा तत्कालै अनिवार्य सचलन गर्न पनि अनेरास्ववियुले माग गरेको छ ।

Back to top button