खेलकुदमन्त्री द्धारा फुटटबल टिमका प्रशिक्षक अल्मुताइरीको स्वागत

काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई स्वागत गर्नुभएको छ ।

आइतवार सिंहदरबारस्थित मन्त्रालयपुग्नुभएका अल्मुताइरीलाई मन्त्री अथकले दोसल्ला र ढाका टोपी लगाएर स्वागत गर्दै नेपाल सरकार तपाईंको साथमा छ, ढुक्क भएर काम गर्नुहोला भन्नु भएको थियो ।

अल्मुताइरीले नेपाल र नेपालीहरुको मायाले आफू पुनः नेपाल फर्किएको प्रतिक्रिया दिनु भयो । अल्मुताइरीले अब थप तीन वर्ष नेपालका लागि फुटबल प्रशिक्षकका रुपमा काम गर्नुहुने छ ।

Back to top button