‘ग्रिन एण्ड क्लीन’ ऊर्जामा लगानीगर्न उद्योगपति व्यापारीलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार पनि लण्डनमा विभिन्न कार्यक्रम तथा भेटवार्तामा व्यस्त रहनु भएको छ ।देउवाले बेलायत सरकारका मिनिस्टर फर लण्डन र स्मल इन्डष्ट्रिज मन्त्री पल सोलीले शिष्टाचार भेट गर्नु भयो ।

नेपालमा नवीन प्रविधि भित्र्याउन बेलायतको सहयोगको अपेक्षा गर्दै प्रधामन्त्री देउवाले ‘ग्रिन एण्ड क्लीन’ ऊर्जामा लगानीका निम्ति संयुक्त अधिराज्यका उद्योगपति व्यापारीलाई नेपाल गन्तव्य बनाउन आग्रह गर्नु भयो । प्रधानमन्त्रीको आग्रहलाई सहर्ष स्वीकार गर्दै मन्त्री सोलीले बेलायत सरकार र उच्च निकायसँग थप छलफल गरेर निष्कर्षमा पुगिने र सक्दो सहयोगको प्रतिबद्धता जनाएको भेटमा सहभागी परारष्ट्र सचिव भरतराज पौड्यालले जानकारी दिनु भयो । ।

प्रधानमन्त्री देउवा नोभेम्बर भोलि र पर्सी स्कटल्याण्डको ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय खाकासंरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) अन्तर्गत विश्व नेताहरूको शिखर सम्मेलनमा सहभागी हुनेहुने छ ।

Back to top button