प्रमुख प्रतिपक्षबिना नै लुम्बिनी प्रदेशको प्रदेशसभा बैठक चल्दै

लुम्बिनी । प्रमुख प्रतिपक्ष नेकपा एमालेले बहिष्कार गरे पनि लुम्बिनी प्रदेशसभाको बैठक भन् रा्किएको छैन् । एमालेले आफ्ना माग पूरा नभएको भन्दै लुम्बिनी प्रदेशसभा बैठकमा नाराबाजी गरे पनि पछिल्ला दिनमा बैठक धमाधम चलाउन थालिएको हो ।

आज जीवनाशक विषादी नियमन सम्बन्धमा बनेको विधेयक दफावार छलफलका लागि कृषि, वन तथा वातावरण समितिमा पठाइएको छ । आजै बसेको प्रदेशसभाको बैठकमा उक्त विधेयक कृषि, खाद्य तथा प्रविधि मन्त्री सुमन शर्माले पेस गर्नु भएको थियो ।

यता प्रमुख प्रतिपक्ष एमालेले आज पनि बैठकमा नाराबाजी गरेका थिए । एमालेले सूर्य चिन्हबाट निर्वाचित सांसद अजय शाही र विमला वलीलाई पदमुक्त गर्नुपर्ने माग राख्दै आएको छ । शाही र वली दुवैजना मन्त्री बन्नु भएको छ ।

Back to top button