राष्ट्रपति विद्यादेवी भण्डारी आज मनाङ जाँदै

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार मनाङ जाँदै हुनुहन्छ। अवलोकन भ्रमणका लागि उहाँ मनाङ जान लाग्नु भएको हो ।

मनाङमा उहाँले सांसद पाल्देन छोपाङ गुरुङको एग्रो मनाङ प्रालि स्याउ फार्मलगायतको अवलोकन भ्रमण गर्ने तथा त्यसैगरी गत असारको वर्षाबाट मनाङका केही क्षेत्रमा भएको क्षति र सो बाढी प्रभावित क्षेत्रको समेत अवलोकन गर्ने राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

जलवायु परिवर्तनका कारण यस हिमाजी जिल्लामा देखापरेका समस्या र अवस्थाका बारेमा पनि राष्ट्रपति भण्डारीले जानकारी लिने बताइएको छ ।

Back to top button