पूर्वाञ्चल खेलकुद मातहतका कर्मचारी र भौतिक संरचना प्रदेश खेलकुद मातहत

विराटनगर । पूर्वाञ्चल खेलकुद विकास समिति मातहत कार्यरत सम्पूर्ण कर्मचारीलगायत भौतिक संरचना प्रदेश खेलकुद विकास बोर्ड मातहत ल्याइएको छ । प्रदेश १ मन्त्रिपरिषदको आइतबार राती बसेको बैठकले पूर्वाञ्चल खेलकुद विकास समिति मातहतका सम्पूर्ण कर्मचारीलाई जिल्ला खेलकुद र प्रदेश खेलकुद विकास बोर्डमा खटाउने निर्णय गरेको हो ।

कर्मचारीहरुलाई तलब भत्ता भने राष्ट्रिय खेलकुद परिषदले नै भुक्तानी दिने बैठकले निर्णय गरेको यद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लछुमन तिवारीले बताउनुभयो । बैठकले राष्ट्रिय चिकित्सा ऐन २०७५ अनुसार मनमोहन प्राविधिक विश्वविद्यालयलाई चालु र अगामी आर्थिक वर्षका लागि विद्यार्थीहरुको छात्रवृतिका लागि स्रोत सुनिश्चित गर्ने निर्णय गरेको तिवारीले बताउनुभयो ।

बैठकले स्वचालित विद्युतीय कार्यालय प्रणाली सञ्चालन तथा व्यवस्थापन कार्यविधी २०७८ पारित गर्ने निर्णय गरेको हो । प्रदेश सरकारलाई नियमावलीको मौस्यौदा निर्माण कार्यलाई प्रभावकाारी बनाउन मुख्य न्यायाधिवत्तलाको संयोजकत्वमा कानुन तर्जुमा तथा सुझाव समिति गठन गर्ने निर्णय गरेको मन्त्री तिवारीले बताउनुभयो ।

Back to top button