११ जना गायक गायिकाको स्वरमा रहेको भैलो गीत

काठमाडौं । गायिका अनिता चलाउनेले तिहारलक्ष्यित भैलो गीत सार्वजनिक गर्नुभएको छ । यसगीतमा उहाँ स्वयंसहित ११ जना गायक गायिकाले स्वर दिनजुभएको छ । गीतमा श्रीकृष्णबम मल्लको शब्द र संगीत रहेको छ ।

उक्तगीतमा अनिता चलाउने, समिक्षा अधिकारी, एलिना चौहान, रचना रिमाल, मेलिना मैनाली, एन्जिला रेग्मी, बुद्ध लामा, रवी ओड, चक्र बम, योगेश काजी र श्रीकृष्ण बम मल्लको स्वर रहेको छ । स्मारिका ढकाल र समारिका ढकालको पनि भिडियोमा अभिनय रहेको छ । उहाँको आफ्नै युट्यूव च्यानलबाट गीत अपलोड गरिएको गीतलाई १८ घन्टाभित्र ३५ हजारभन्दा बढीले हेरिसकेका छन् ।

Back to top button