ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले रियल बेटिसलाई ३–० गोल अन्तरले हरायो

 

काठमाडौँ । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले रियल बेटिसलाई ३–० गोल अन्तरले पराजित गरेको छ।
गएराति वर्षाले भिजेको घरेलु वान्डा मेट्रोपोलिटानो रंगशालामा रियाल बेटिसमाथि उसले ३–० को नतिजा निकालेको हो ।

एट्लेटिकोलाई जित दिलाउन यान्निक कारास्को र जोआ फेलिक्सले एक – एक गोल गर्नुभएको हो भने एक गोल आत्मघाती उपहार पाएको थियो।

जितसँगै एट्लेटिको ११ खेलबाट २२ अंकका साथ स्पेनिस ला लिगाको चौथो स्थानमा उक्लिएको छ । बेटिस २१ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

शीर्ष स्थानमा रहेको रियाल सोसिडाडको २५ अंक छ । सोसिडाडले शनिबार एथ्लेटिक बिल्बाउसँग १–१ को बराबरी नतिजा निकालेको थियो।

स्पेनिस ला लिगामा आइतबारै सम्पन्न अर्को खेलमा गेटाफेले स्पान्योलमाथि २–१ को जित निकाल्यो ।

Back to top button