प्रदेश १ का मुख्यमन्त्री आचार्यद्धारा राजिनामा

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिनुभएको छ । प्रदेशसभामा विश्वासको मत लिने प्रस्तावमाथि मतदान हुनुअघि उहाँले राजीनामा घोषणा गर्नुभएको हो ।

आज प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले भन्नुभयो, ‘हाम्रो अंकगणित मेल नखाएको र १६८ (१) को अवस्था नभएकाले मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गर्छु ।’

१० भदौमा मुख्यमन्त्री बन्नुभएका आचार्य २५ गते नै अल्पमतमा पर्नुभएको थियो । एमालेका १० सांसदले एकीकृत नेकपा समाजवादी रोजेसँगै अल्पमतमा पर्नुभएका उहाँले संविधानअनुसार ३० दिनभित्र विश्वासको मत लिने प्रस्ताव पेश गर्नुभएको थियो ।

तर प्रस्ताव तत्काल मतदानमा लगिएन । प्रदेशसभामा आफ्नो दल अल्पमतमा परेसँगै सरकार छाड्ने सोच रोखेको भएपनि जनताको अपेक्षा र कामको चापले हतारो गर्न नदिएको आचार्यको दाबी छ ।

उहाँले भन्नुभयो , ‘यो सरकार स्थिर रहोस् भन्ने जनताको अपेक्षा थियो । कामको चापले पनि यो सरकारको माग गरिरहेको थियो ।’

Back to top button