कर्णालीका मुख्यमन्त्री शाहीले आज राजीनामा दिने

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज राजीनामा दिने हुनुभएको छ । पूर्वसहमति अनुसार मुख्यमन्त्री शाहीले आज नै पदबाट राजीनामा दिन लागेको कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले जानकारी दिनुभयो ।

पूर्वसहमति अनुसार केहीसमयपछि नै मुख्यमन्त्रीज्यूले नेतृत्व हस्तान्तरण गर्नुहुन्छ,शाहीले भन्नुभयो ‘केही प्रक्रियाहरु पूरा हुँदैछन् । आज बेलुकासम्म राजीनामा आउँछ ।’

गत वैशाख ३ गते मुख्यमन्त्रीले विश्वासको मत लिँदा ६ महिनापछि सत्ता हस्तान्तरण गर्ने सहमति भएको थियो । सोही सहमति अनुसार तत्काल पदबाट राजीनामा दिनुपर्ने कांग्रेसले दबाब दिँदै आएको छ ।

‘हामीबीच भएको समझदारीअनुसार मुख्यमन्त्रीजी अगाडि बढ्नुहुन्छ । क्याबिनेट बोलाइएको छ, राजीनामा आउँछ । कर्णाली प्रदेश सरकारकी प्रवक्ता सीताकुमारी नेपालीका अनुसार मुख्यमन्त्री शाहीले साँझ ५ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ । त्यस बैठकबाट शाहीले राजीनामा दिने बताइएको छ ।

 

Back to top button