प्रदेश १ : मुख्यमन्त्रीमा नेकपा -एसका राजेन्द्र राईको दाबी

विराटनगर । प्रदेश १ मा गठबन्धन दलका सांसद्‍हरूले नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र राईको नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख सोमनाथ अधिकारी समक्ष दाबी पेस गर्नुभएको छ ।

आज दिउँसो प्रदेश प्रमुख सोमनाथ अधिकारी समक्ष सांसद्‍हरूले राईको नेतृत्वमा नयाँ सरकार गठनका लागि दाबी पेस गरेको पत्र बुझाउनुभएको हो ।

प्रदेश प्रमुख अधिकारीले पत्र बुझ्दै भोलि दिउसो २ बजेका लागि शपथ ग्रहणको समय समेत तय गरिरहनुभएको छ । यसअघि एमालेका सांसद् भीम आचार्यले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि प्रदेश प्रमुख अधिकारीले आज नै नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गर्नुभएको थिए ।

९२ सदस्यीय प्रदेशसभामा एकल हुमत रहेको एमालेका ५१ सदस्यमध्ये १० जना प्रदेश सांसद एकीकृत समाजवादीमा गएपछि एमाले ४१ जनामा खुम्चिएको थियो । त्यसपछि आचार्य अल्पमतमा पर्नुभएको थियो। नेकपा (एस) लाई कांग्रेससहित ५० सांसद्को समर्थन छ ।

Back to top button