तिहार मनाउन घर जानेलाई काठमाडौँका मुख्‍य–मुख्य चोकमा कोभिड–१९ विरुद्धको खोप

काठमाडौँ । सरकारले तिहार मनाउन घर जानेलाई काठमाडौँका चार मुख्‍य–मुख्य चोकमा कोभिड–१९ विरुद्धको खोप लगाउने भएको छ ।

१६ र १७ गते कोटेश्‍वर चोक, गोंगबु बसपार्क, कलंकी र बल्खु चोकमा कोभिडविरुद्धको भेरोसेल र एष्ट्राजेनिका खोप लगाउने भएको हो ।

बिहान साढे ७ बजेदेखि ४ बजेसम्म लगाउने भएको छ । खोप लगाउन जाँदा नाम र उमेर खुल्ने परिचयपत्र भने साथमा लिएर जानुपर्नेछ ।

Back to top button