वन फडानी सन् २०३० भित्र रोक्न विश्वका नेताहरू सहमत

काठमाडौं । स्कटल्याण्डको ग्लास्गोमा आयोजित जलवायु परिवर्तनसम्बन्धी अन्तरर्राष्ट्रिय सम्मेलन (कोप–२६) मा सहभागी देशका नेताहरू सन् २०३० भित्र वन फँडानी रोक्न सहमत हुनुभएको छ ।

यस सहमतिमा आज एक सय भन्दा बढी देशका नेताहरूले हस्ताक्षर गर्नुहुनेछ । यो सहमतिलाई सम्मेलनको एक महत्वपूर्ण उपलब्धिको रुपमा लिइएको बीबीसीले जनाएको छ । सहमतिमा हस्ताक्षर गर्ने देशहरूले विश्वको ८५ प्रतिशतभन्दा बढी वन क्षेत्र ओगट्छन् ।

जलवायु परिवर्तनको एक कारण वनजंगल विनास हुनुलाई मानिन्छ । सहमतिमा वन क्षेत्रको पुनःस्थापनाका लागि वित्तीय सहयोग र लगानीको वाचासमेत गरिने बीबीसीले जनाएको छ ।

Back to top button